Logo
१३ बैशाख २०८१, बिहीबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रम मोदीको ओली-देउवा र दाहालसंग टेलिफोन संवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठवन्धनका शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दहालसँग बिहीवार साँझ टोलिफोन संवाद गरेका छन् । एमाले अध्यक्ष ओलीसँग भारतको सम्बन्ध राम्रो नरहेको चर्चा चलिरहेका बेला मंसिरको निर्वाचनमा वाम गठवन्धनले बहुमत ल्याएपछि भारतको चिन्ता बढेको बताइएको थियो ।

एमाले र माओवादी दुई घटकको वाम गठबन्धन सरकारमा जान लागेको कुराले भारत चिन्तित भएको समाचार र विश्लेषणहरु आइरहेका बेला मोदीको टेलिफोन संवादलाई अर्थपूर्णरुपमा लिइएको छ । केही दिनअघि होटल अन्नपूर्णमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले समाचारमा आए जस्तो भारतसँग आफुहरुको सम्बन्ध नबिग्रेको बताएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले नेपालमा तीनवटै चुनाव गराएकोमा भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाई दिएका थिए । ‘यो चुनावले नेपालको लामो राजनीतिक संक्रमणकालललाई अन्त्य गरेको छ’, मोदीको भनाई उधृत गर्दै परियारले भने, छिमेकी मुलुक स्थायित्व र समृद्धिको बाटोमा अघि बढ्दा हामी खुशी भएका छौँ ।’

त्यसैगरी ओली र दाहाललाई पनि टेलिफोनबाटै मोदीले चुनाव जित्न सफल भएको बधाई दिँदै आफूहरु वाम नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

…………….

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन दलका शीर्ष नेतासँग बिहीबार साँझ टेलिफोन वार्ता गरेका छन् ।भारतीय विदेश मन्त्रालकाय प्रवक्ता रभिषकुमारले बिहीबार साँझ नै भएको नियमित पत्रकार सम्मेलनमा यो कुराको पुष्टि गरेका हुन् ।

‘तपाईँहरुसँगै अहिले मेरो संवाद भइरहँदा प्रधानमन्त्रीज्यूले नेपालका तीन नेतासँग टेलिफोन वार्ता गरिरहनुभएको छ’, उनले भने, ‘तर, उहाँहरुबीच भएको संवादको विस्तृत विवरण हामीलाई प्राप्त भइसकेको छैन ।’ नेपालमा मंसिरमा भएको निर्वाचनपछि वाम गठबन्धनले बहुमत पाएको अवस्थामा प्रम मोदीले बिहीबार साँझ तीनै नेतासँग टेलिफोन वार्ता गरेका हुन् ।

नेपालमा नयाँ जनादेशपछि सरकार गठनमा ढिलाइ भइरहेको अवस्थामा चासो देखाउँदै शीर्ष नेतासँग मोदीले फोन स‌ंवाद गरेका हुन् । सरकार गठनको प्रयासबीच राष्ट्रिय सभा गठनलाई लिएर दलहरुबीच विवाद भइरहेकाले मोदीको फोनलाई अर्थपूर्णरुपमा लिइएको छ ।

नेपालमा म‌ंसिरमा निर्वाचन सम्पन्न भएपछि भारतले दोस्रो पटक आफ्नो धारणा सार्वजनिक गरेको हो । यसअघि भारतीय विदेश मन्त्रालयले नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै विज्ञप्ती निकालेको थियो ।नेपालले जारी गरेको सं‌विधानको अहिलेसम्म स्वागत नगरेको भारतले म‌ंसिरमा निर्वाचन सकिएकोमा बधाई दिँदै विज्ञप्ती निकालेको थियो ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्