Logo
१२ श्रावण २०८१, शनिबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिलवालको कीर्ते मुद्दाबारे मुख्य सचिवसंग प्रहरीको परामर्स

काठमाडौं : पूर्व डीआईजी नवराज सिलवालविरुद्ध ‘कीर्ते कागजात’ मुद्दा अगाडि बढाउनका लागि महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले मुख्य सचिव लोकदर्शन रेग्मीसँग बिहीबार परामर्श गरेको छ । छलफलका क्रममा रेग्मीले महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल गरेर अगाडी बढ्न धानुकलाई सुझाएका थिए ।

रेग्मी आफैंले बिहीवार काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई आफ्नो कार्यकक्षमा बोलाएर परामर्श गरेका हुन् । सिलवाललाई पक्राउ गरेर हिरासतमा लिने वा पक्राउ नगरी अनुसन्धानपछि मुद्दा बुझाउँदा पक्राउ गर्ने भन्नेबारे मुख्यसचिव रेग्मी र धानुकबीच छलफल भएको स्रोतले बतायो ।

कीर्ते गरेर सर्वोच्च अदालतका कागजात पेश गरेको विषयमा काठमाडौं प्रहरीले छानबिन सुरु गरेको काठमाडौंका प्रहरी परिसरले जानकारी दिएको थियो । प्रहरीले अदालतको आदेश पालना गर्ने क्रममा सिलवालको कीर्ते कागजातको छानबिन सुरु गरेको हो । पूर्वडीआईजी तथा ललितपुर क्षेत्र १ का निर्वाचित सांसद नवराज सिलवालको कीर्ते मुद्दाको छानबिन बुधबार अघि बढाइएको थियो ।

सिलवालको कीर्ते मुद्दालाई प्रहरीको उच्च नेतृत्वसँगको छलफलपछि छानबिनमा तानिएको हो । स्रोतका अनुसार सिलवालको मुद्दाको छानबिन अघि प्रहरीको उच्च नेतृत्वले विभिन्न चरणमा छलफल गरिसकेको छ । छलफलपछि छानबिनको जिम्मेवारी काठमाडौं परिसरले पाएको हो ।

 

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्