Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम-राजपा र एमालेबीच सहमती : प्रदेश नम्बर दुईको नाम ‘मध्य-मधेश’

काठमाडौं : स्पस्ट बहुमत पाएर प्रदेश सकार बनाउने तरखरमा रहेको राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ को नाम ‘मध्य मधेश’ राख्ने तयारी थालेको छ । यसबारे राजपा र फोरम नेपालबीच आपसी सहमती समेत भइसको छ । बैठकबाटै त होइन तर आपसी संवादमा हामिबीच सहमती भइसको छ’ फोरम अध्यक्ष उपेन्द्र यादवले भने ‘मधेश भनेको हामि २२ जिल्लालाई बुझ्छौं, र प्रदेश नम्बर २ मध्य भेग पर्ने भएकोले यसको नाम ‘मध्य मधेश प्रदेश’ राख्ने तयारी हामिले थालेका हौं’ ।’

‘मात्र फोरम–राजपाले होइनकी यसमा नेपाली कांग्रेस र एमालेका साथीहरुको समेत सहमती रहेको छ’ उनले भने ‘प्रदेशसभाको पहिलो बैठकले नै यो निर्णय गर्नेछ ।’ समाजिक संजालमा प्रदेशका नाम के रहने भन्ने चासो बढिरहँदा प्रदेश नम्बर २ मा भने नामको विषयलाई लिएर छलफल नै अघि बढिसकेको हो । नामाङ्कनका विषयमा चासो बढीरहँदा राजपा नेपाल र फोरम नेपालका शीर्ष नेतृत्व तथा विधायकहरु दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ राख्ने विषयमा करिब-करिब सहमति नै भइसको बताइएको छ ।

राजपा नेपालका सचिव एवं सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेशको नाम र राजधानीका विषयमा काठमाडौंले विवाद गराउन खोजेको आरोप लगाए । ‘दुई नम्बर प्रदेशका विधायकहरु आफै सक्षम छन्, आपसी सहमतिमा नामाङ्कन गर्नेछन,’ महतोले भने, ‘नाममा पनि मधेशको भावना विपरित जाँदैन । समग्र मधेशीको भावनालाई समेट्ने छ ।’ ‘दुई नम्बर प्रदेशको नाम मधेश राख्नेमा कुनै विवाद नै छैन, पूर्वमा पनि मधेशको भाग र पश्चिममा पनि मधेशको भाग रहेकोले यसको नाम ‘मध्य मधेश’ राख्दा नै उचित हुनेछ’ उनले भने ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्