Logo
१२ श्रावण २०८१, शनिबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङका निजी अस्पतालमा मनपरी शैया शुल्क

मोरङ : मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् ।नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गर्नुभयो ।

मोरङको नाम चलेको अस्पताल न्यूरो अस्पतालका अनुसार सामान्य श्ययामा एक दिन बिरामी राखेको रु ८०० देखि दुई हजारसम्म शुःल्क लिने गरेको छ । सो अस्पतालले सामान्य क्याबिनको रु तीन हजार, डिलक्सको रु चार हजार र आइसियुको दैनिक रु छ हजार श्यया शुल्क लिने गरेको छ ।

त्यस्तै, विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क रु एक हजार २५०, डिलक्स रु दुई हजार ७७५ र सुपर डिलक्सको नाममा रु तीन हजार ८८० प्रतिदिन श्यया शुल्क लिने गरेको छ । त्यस्तै, आइसियुको रु छ हजार शुल्क लिने गरेको छ ।

ग्रिनक्रस अस्पतालका अनुसार सामान्य श्ययाको रु एक हजार ५० देखि रु दुई हजार ५०० सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा रु सात हजार शुल्क लिने गरेको छ । त्यस्तै, लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क रु एक हजार, डिलक्स रु तीन हजार र आइसियुमा रु छ हजार बेड शुल्क लिने गरेको छ ।

नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य श्ययाको रु ३५० देखि रु एक हजार, आइसियु रु तीन हजार ५०० र एनआइसियुको रु चार हजार ५०० लिने गरेको छ । निजी अस्पतालले लिएको महँगो शुल्कले सर्वसाधारण हैरान छन् । विराटनगरका कुलदीप शर्माले भन्नुभयो, “अस्पताल खोल्ने र सेवा दिने भन्ने, तर पैसा चाँहि ढाडै भाँच्ने गरी लिने, अनि कसरी सेवा भयो त ?”

सो अस्पतालले सामान्य श्ययाको रु ३५०, क्याबिनमा सिङ्गल रु एक हजार र डबल रु ७५० लिने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवका अनुसार निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताउनुभयो । -RSS

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्