Logo
१२ श्रावण २०८१, शनिबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 ‘टाइगर जिन्दा है’ रिलिज नगर्न सलमान खानलाई धम्की

बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्‍दा है’ रिलिज हुने कुरामा ठुलो स‌ंकट आइलागेको छ । २२ डिसेम्बरमा रिलिज हुने यस फिल्मको विरोध महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) ले गरिरहेको छ । बुधवार एसएनएस फिल्म डिभिजनका प्रमुख अमेय खोपकरले सञ्चारमाध्यमसँग कुरा गर्दै मराठी फिल्म ‘देवा’ लाई मौका दिन यशराज फिल्म्सलाई पत्र पठाइएको बताएका छन् । यदि मराठी फिल्म ‘देवा’ लाई हलमा स्थान दिएमा सलमानको फिल्मको आफूहरुले विरोध नगर्ने स्पष्टोक्ति उनले दिएका छन् ।

यदि देवाले प्राइम टाइममा अवसर नपाएमा यो फिल्मका निर्माता-निर्देशकलाई महाराष्ट्रमा कहीँ पनि सुटिङ गर्न नदिने पनि उनीहरुले चेतावनी दिएका छन् । एमएनएसले एक पत्रकार सम्मेलन गरेर यदि मराठी फिल्म ‘देवा’ लाई प्राइम टाइममा ठाउँ नमिलेमा सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ लाई मुम्बईका सिनेघरमा रिलिज हुन नदिने चेतावनी दिएको छ। यो समूहले ठुला बजेटका फिल्मले हजारौँ सिनेमाघर ओगटेपछि मराठी फिल्मलाई प्राइम टाइम नमिल्ने गरेको आरोप लगाएको छ ।

मंगलवार सञ्चारमाध्यममा आएको खबर अुनसार एमएनएस अध्यक्ष राज ठाकरेले पनि यशराज फिल्म्सलाई पत्र पठाएर यदि मराठी फिल्म ‘देवा’ लाई प्राइम टाइममा देखाइएन भने सलमान खानको रिलिज हुन लागेको फिल्म ‘टाइगर जिन्दा है’ लाई शुक्रबार कुनै पनि हलमा चल्न नदिने चेतावनी दिएका थिए ।

फिल्‍म ‘टाइगर जिन्दा है’ को ट्रेलरले नै बलिउडमा धेरै चर्चा कमाएको थियो । रिलिजको २४ घन्टा भित्र यस ट्रेलरलाई २.९ करोड भन्दा धेरै पटक हेरिएको थियो । जुन आफैँमा एउटा रेकर्ड हो । अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा आएको सलमान-क्याटरिना को ‘एक था टाइगर’ को सिक्वेल हो । ‘एक था टाइगर’ को निर्देशन कवीर खानले गरेका थिए । ‘टाइगर जिन्दा है’ को निर्देशनको कमान सलमानको सुपरहिट फिल्म ‘सुल्तान’ का निर्देशक अली अब्बास जफरले सम्हालेका थिए ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्