Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको कुल जनसंख्याको करिब एक तिहाईको हाराहारीमा गरिब

काठमाडौं : सरकारी र गैरसरकारी संस्थाले गरिबका नाममा ठूलो रकम खर्च गरे पनि गरिबको संख्या झनै बढेको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्व विद्यालयसँगको सहकार्यमा गरेको एक अध्ययनले नेपालमा गरिबीको संख्या सात प्रतिशतले बढेको देखाएको छ ।

योजना आयोगले गरिबीको बहुआयमिक सूचकांकका आधारमा पहिलोपटक यो प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनअनुसार नेपालको सन् २०१४ को जनसंख्या दुई करोड ५७ लाख जनामध्ये २८.६ प्रतिशत अर्थात् ७३ लाख ६५ हजार नेपाली गरिब छन् । प्रदेशको संरचनाअनुसार सातै वटा प्रदेशमा रहेको गरिबको तथ्यांक प्रतिवदेनमा समेटिएको छ।

यस अघि योजना आयोगले यसैवर्ष सार्वजनिक गरेको १४ औं त्रिवर्षीय योजनामा नेपालमा २१.६ प्रतिशत गरिब भएको उल्लेख थियो । बुधबार सार्वजनिक प्रतिवेदनअनुसार गरिबको संख्या २८.६ प्रतिशत पुगेको छ। यो तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको करिब एक तिहाईको हाराहारीमा गरिब छन् ।

केन्द्रीय तथ्यांक विभागको नेपाल जीवनस्तर सर्बेक्षण मापनअनुसार वार्षिक १९ हजार दुई सय ६२ रुपैयाँभन्दा कम आय भएका नेपालीलाई गरिबको सूचीमा राखिएको छ । पछिल्लो मापनमा वार्षिक २६ हजार रुपैयाँभन्दा कम आम्दानी गर्ने नेपालीलाई गरिब भनेर चित्रण गरिएको छ ।रहेको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्