Logo
१२ श्रावण २०८१, शनिबार
(December 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमतिपछि विमानस्थलको निमार्ण कार्य सुचारु

सुलोचना शर्मा, भैरहवा : मुआब्जा बितरणको बिषयलाई लिएर आइतबारदेखि ठप्प गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थल निमार्ण कार्य आजबाट सुरु भएको छ । मुआब्जा बितरणमा लापरवाही गरेको भन्दै स्थानीयले दुई दिनदेखि काममा अबरोध गरेका थिए । दुईवर्षदेखि जग्गा रोक्का हुँदा जिविकोपार्जनमा समस्या भएको भन्दै पीडित आन्दोलनमा उत्रिएका थिए ।

क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने पीडित किसान र विमानस्थल व्यवस्थापन समितिबीच सहमतिपछि अबरोध भएको निर्माण कार्य सुचारु भएको हो । प्रमुख जिल्ला अधिकारी हरि मैनालीको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा आर्थिक लेनदेनमा नपरी क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमति भएको हो । पीडितहरुले समयमै समस्या समाधान गर्न विमानस्थल आयोजनाको कार्यालयमै नापी र मालपोतको अस्थाई डेक्स राखिने परियोजना प्रमुख ओम शर्माले बताए ।

पूर्णरुपमा घरबासविहिन भएका, बिरामी परेका पीडितहरुको पहिचान गरी मुआब्जा वितरण गरिने प्रमुख शर्माले बताए ।सहमति अनुसार, काम नभए फेरी आन्दोलन गर्ने सिद्धार्थनगर नगरपालिका वडा नं ४ का स्थानीय राजेन्द्रकुमार कार्कीले बताए । परियोजनाले जनाए अनुसार, अहिलेसम्म साढे ३ अर्व मुआब्जा वितरण भैसकेको छ । सात हजार कित्ता जग्गा रहेको अधिग्रहण क्षेत्रका लागि २३ अर्व बढी रकम लाग्ने बताइएको छ । अहिलेसम्म आयोजनाको ३३ प्रतिशत काम सकिएको छ ।

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्