Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहाडीमा पनि दाइजो समस्या : श्रीमतीलार्इ घर निकाला

नागरिक टाइम्स, उर्लाबारी : अहिलेको आधुनिक युगमा आईसक्दा पनि नेपालका कतिपय ठाँउमा महिलाहरुले दाइजोको निहुमा यातना भोग्दै आईरहनु परेको छ । देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिलालार्इ घरबाट निकाला गरीएको छ । सात जन्म साथ दिने प्रण गरी विवाह गरेर ल्याएको ७ महिनामा नै उर्लाबारी–२ भुसीकी गीता पौडेललार्इ घर निकाला गरीएको हो । १८ वर्षीय गीताको गत बैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।

एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुर लगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमान्ले उनलाई मानसिक यातना दिन थालेका थिए । पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेका थिए ।

पीडित गीताले माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरिन् ।उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ । हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्