Logo
१२ श्रावण २०८१, शनिबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोइङ ७४७ को अन्तिम उडान !

वाशिङटन डीसी (अमेरिका) : अमेरिकी विमान निर्माता कम्पनी बोइङको जम्बो जेट ‘बोइङ ७४७’ले मङ्गलवार अमेरिकामा आफ्नो अन्तिम उडान भर्दैछ । योसँगै विमान अमेरिकी उड्ययन इतिहासको पन्नामा बिलाउनेछ । मङ्गलवार डेल्टा एयरलाइन्सको सोल–डेट्रोइट रुटको उडान नै यस विमानको अन्तिम उडान हुनेछ ।

बोइङ ७४७ मौलिक जम्बो जेट हो । यसले अमेरिकामा हवाई यात्रालाई सुपथ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । बोइङ ७४७ ले सबैको लागि हवाई यात्रा सुपथ र प्राप्य बनाएको बोइङका प्रमुख इतिहासकार माइकल लोम्बार्डीले बताएका छन् । यस विमानले नै विश्वलाई पखेँटा दिएको उनको भनाई छ । १९६० को दशकमा हवाई यात्रुको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि ७४७ को विकास गरिएको थियो । बोइङ ७४७ को पहिलो प्रयोग पान अमेरिकन वल्र्ड एयरवेजले गरेको थियो ।

अमेरिकामा प्रयोग बन्द भएपनि लुफ्थान्सा, ब्रिटिश एयरवेज र कोरियन एयरलाइन्समा भने बोइङ ७४७ को प्रायोग यथावत रहने छ ।

सन् १९६८ मा डेब्यूयता अहिलेसम्म १ हजार ५ सय थानभन्दा धेरै बोइङ ७४७ उत्पादन भइसकेको छ । पछिल्लो समय ठूला विमानको माग घट्न थालेपछि कम्पनीले विस्तारै यात्रुवाहक प्रयोजनका लागि ७४७ बनाउन क्रमिक रुपमा छोड्दै आएको थियो । यद्यपि, माल ढुवानी र केही ग्राहकका लागि भने यो विमान अझै बनाइने कम्पनीले बताएको छ । एएफपी

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्