Logo
१२ श्रावण २०८१, शनिबार
(December 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवासंग ओली र प्रचण्डको आग्रह : सरकार गठनको बाटो खोलिदेऊ

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनको बाटो खोलिदिन आह्वान गरेका छन् ।

विज्ञप्तिमा पार्टी एकता र स्थिर सरकारको लागि दुवै पक्ष प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।  ओली र प्रचण्डले संयुक्त विज्ञप्तीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका हुन् ।

‘हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सिर्जना नगर्न र संविधान एवम् लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं ।’

प्रकाशित मिति: Dec 17, 2017

प्रतिक्रिया दिनुहोस्