Logo
११ श्रावण २०८१, शुक्रबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाईल्याण्डलाई हराउँदै नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौं : नेपाल थाईल्याण्डमा जारी ए सी सी अण्डर १६ ईस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शनिबार भएको पहिलो सेमिफाईनलमा नेपालले मलेसियालाई ७२ रनले पारजित गर्दै फाईलनको यात्रा तय गरेको थियो ।

वर्षाका कारण मैदान भिजेकाले १ ओभर छोट्टाईएको थियो । नेपालका लागि प्रितिस जिसीले सर्वाधिक २५ रनको योगदान गरेका थिए ।

१ सय २८ रनको विजयी लक्ष्य पछ््यउने क्रममा मलेसियाले २१.१ ओभरमा ५५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । नेपालका बलर शुर्य तामाङ्गले सर्वाधिक ४ र प्रितिस जिसीले ३ तथा अजय कुमार लोनिया र कुशल मल्लले ११ विकेट लिएका थिए ।

पहिलो खेलमा आयोजक थाईल्याण्डलाई १ सय ३३ रन, दोस्रो खेलमा हङकङलाई ४ विकेट र तस्रो खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेर नेपालले समूह विजेत हुँदै सेमिफाईनलको यात्रा तय गरेको थियो ।

शनिबार नै भएको दोस्रो सेमिफाईनलमा सिंगापुरले हङकङलाई ८ विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । नेपाल र सिंगापुरबिचको फाईनल खेल आईतबार हुनेछ ।

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्