Logo
८ बैशाख २०८१, शनिबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिक उम्मेदवारका घरमा अब प्रचण्डको निवास

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सरेका छन् । उनले हाल बस्दै आएका घरघनीकै राजधानीमा रहेको अर्को घरमा डेरा सरेका हुन् । ललितपुर महानगरपालिका–१५ मा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरलाई प्रचण्डले शुक्रबार साँझदेखि आफ्नो नयाँ डेरा बनाएका हुन् ।

प्रचण्ड डेरा सरेको घरका धनी अधिकारीको ललितपुर मानभवनस्थित घरमा चुनावी तालमेल र पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल हुने गरेको थियो । शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एबं कार्यकारी निर्देशक रहेका अधिकारी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन् ।

उनको नाम समानुपातिक सुचिमा रहेका कारण यो घर उपहारमै त दिएका हैनन् भन्दै चर्चापनि सुरु भएको छ । तर यसबारे कुनैखालको पुष्टि भने भएको छैन । समानुपातिक सूचीको बन्दसूचीमा अधिकारीको नाम ३३ नम्बरमा छ ।

प्रचण्ड विहीबार साँझ नै त्यहाँ बस्न सुरु गरेपनि त्यसको भाडा भने तय गरिएको छैन । स्रोतले भन्यो, ‘अस्थायी रुपमा मात्र बस्न थाल्नुभएको हो । अनुकूल ठाउँमा अर्को घर फेला प¥यो भने फेरि सर्ने योजना छ । त्यस्तो उपहार–सुपहार केहि होइन ।’

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्