Logo
१२ श्रावण २०८१, शनिबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिसँग केपी ओलीको के कुरा भयो ?

प्रदेश तथा प्रतिनिधि सभा सम्पन्न भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता भएको छ ।

शीतल निवासमा भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले राष्ट्रपतिसँग राष्ट्रिय सभासम्वन्धी अध्यादेश सम्वन्धि छलफल गरेको बुझिएको छ ।

भण्डारीलाई भेट्नुअघि ओलीले दिउँसो माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । सरकारले राष्ट्रिय सभासम्वन्धी अध्यादेश पठाएको लामो समय भएपनि राष्ट्रपति भण्डारीले जारी गरेकी छैनन् ।

बिहीबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्न आग्रह गरेका थिए । यसरी दलका शिर्ष नेताहरुले राष्ट्रपतीलाई एकैदिन भेट्नुलाई विशेष महत्वकासाथ हेरिएको छ ।

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्