Logo
१२ श्रावण २०८१, शनिबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा सम्बन्धी अध्यादेशबारे सर्वदलीय बैठक

काठमाण्डौ : राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएपछि अन्योल बढेको छ । राष्ट्रिय सभा गठन नभएसम्म नयाँ सरकार गठन गर्न कानुनी अड्चन देखिएपछि समस्या बढेको हो ।

यही विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वाद गर्ने तयारी गरेका छन् । देउवाले भोलीसम्म सर्वदलीय बैठक बस्ने गरी तयारी थालेको बताइएको छ ।

अध्यादेशका विषयमा दलहरुबिच सहमति हुन नसक्दा राष्ट्रपछि विद्यादेवी भण्डारीले अध्यादेश स्विकृत गर्न नसकेकी हुन् । प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी लगायत पार्टीभित्र पनि सल्लाह गर्ने बताइएको छ ।

त्यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर नेताहरु राजेन्द्र महतो र शरत्तसिंह भण्डारी लगायतसँग पनि देउवाले छलफल गर्न लागेका छन् ।

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्