Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको एक सिट घट्यो, माओवादीको एक सिट बढ्यो


(अपडेट : बिहीबार बिहान ९:१५)
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सबै परिणाम आइसकेपछि अब समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढेको छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउने भन्नेमा चासो बढेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये निर्वाचन आयोगको साइटमा बिहीबार बिहान ९:१५ सम्म राखिएको ७६ लाख २१ हजार ८४३ भोट गन्दा प्रमुख तीन दल र मधेसकेन्द्रित दुई वटा दलले बाहेक कसैले पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको छैन। यसअघिको बिहान १ बजेको अपडेटमा भन्दा अहिलेको अपडेटमा कांग्रेस र एमालेको मतप्रतिशत समान रहेको छ। माओवादी र फोरमको घटेको छ भने राजपाको बढेको छ। विवेकशील साझाको समान छ भने राप्रपाको बढेको छ। यसै अनुसार सिट संख्यामा पनि केही थपघट भएको छ। यही मत नै अन्तिम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार हामीले गणना गरेका छौँ। हेर्नुस् विवरण

जति अरु दलले मत प्रतिशत बढाउँछन्, ठूला दलको सिट संख्या घट्दै जान्छ। हालसम्मको मत गणना अनुसार प्रमुख दलले पाउने सिट यस्तो छ :

एमाले ४२ सिट
कांग्रेस ४० सिट
माओवादी १७ सिट
संघीय समाजवादी फोरम ६ सिट
राजपा ५ सिट

कूल : ११० सिट

अघिल्लो अपडेटमा भन्दा कांग्रेसले पाउन सक्ने एक सिट घटेको छ भने माओवादीको एक सिट बढेको छ । अरु दलले अहिलेसम्म थ्रेसहोल्ड पार गर्न नसकेको हुनाले उनीहरुले ० सिट पाउने छन् । मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।

बिहीबार बिहानसम्मको मत अनुसार विवेकशील साझा र राप्रपा तीन प्रतिशत पुर्‍याउन संघर्षरत छन् । देशैभरको थप मतगणना हुँदा उल्लेख्य मत पाउन नसके उनीहरुको यो प्रतिशत घट्दै जानेछ । थप मत पाए भने यो प्रतिशत बढ्न सक्नेछ। तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि खेर जानेछ। अर्थात् उनीहरुले समानुपातिकमा कुनै सिट पाउने छैनन्। तीन प्रतिशत मत ल्याए भने एकै पटक चार सिट पाउने छन् ।

कसको कति मत प्रतिशत?

के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-

@माइसंसारबाट

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्