Logo
१२ श्रावण २०८१, शनिबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीको प्रमाणपत्र विवादमा राजपा मौन

काठमाडौं : कैलाली निर्वाचन क्षेत्र एकबाट अत्याधिक मतले जित हासिल गरेका नेता रेशम चौधरीमाथिको विवादमा राष्ट्रिय जनता पार्टी (राजपा) मौनता साँधेको छ । विजयी भएर पनि चौधरीले प्रमाणपत्र नपाउँदा मानव अधिकारवादी संस्थाहरुले ध्यानाकषर्ण भएको जनाएका छन् । तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले विज्ञप्ति जारी गर्दै चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ ।

अध्यधिक मतले विजयी भए पनि निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र समेत दिएको छैन । निर्वाचन कार्यालय स्रोतका अनुसार उनको प्रमाणपत्र कुरियरमार्फत् निर्वाचन आयोगको कार्यालय काठमाडौं पठाइएको छ । यता चौधरी सचिव रहेको पार्टी राजपाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । विभिन्न संस्थाहरुले दबाब दिइरहे पनि पार्टीले कुनै चासो नदेखाएको उनकी पत्नी रंजिता चौधरीले बताइन् । राजपाका सचिव मनिष सुमनले चौधरीको विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताए ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्