Logo
१२ श्रावण २०८१, शनिबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेश लैजान्छु भनि फेसबुकबाट ठगी गर्ने पक्राउ

काठमाडौँ : फेसबुकमार्फत सम्पर्क बढाई ढगी गर्दै आएका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा, टेकुबाट खटिएको टोलीले रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँमा सार्वजनिक गरेको हो ।

पक्राउ परेका तामाङले पटक–पटक गरी फेसबुकमार्फत अहिलेसम्म रु ५२ लाख ठगी गरेका छन् । उनले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी रु २१ लाख ठगी गरेका थिए ।

तामाङले यसअघि फेसबुकमार्फत साथी बनाई लेबनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङसँग (डिपेन्डेन्ट भिसा) आश्रित प्रवेशाज्ञामा अमेरिका लैजाने भनी रु नौ लाख, सञ्जय दोङ, मिम लामा र कुशुम लामालाई क्यानडा लैजाने भनी रु २२ लाख ठगी गरेका थिए ।

तामाङ सोहि ठगी मुद्दाका कारण पहिले पनि थुनामा परिसकेका थिए र केहि समय थुनामा बसी धरौटीमा छुटेपश्चात् पुनःठगी धन्दा शुरु गरेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्