Logo
१२ श्रावण २०८१, शनिबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवराज सिलवालाई कारवाही गर्न सर्वोच्चको आदेश

काठमाडौं : पूर्व डिआईजी नवराज सिलवाल लगायतको गोप्य राख्नु पर्ने कार्यसम्पादन मूल्याङ्कन फारमको अङ्क फरक पार्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरुको अनुसन्धान गरी कारवाही चलाउन सर्वोच्च अदालतले सम्बन्धित निकायलाई आदेश दिएको छ ।

बिहीवार प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको बृहद पूर्णइजलाशले पूर्व डिआईजी सिलवालको कार्य सम्पादन मूल्याङ्कन फारमको अङ्क फरक पार्ने कार्यमा संलग्नता रहेकाहरुको विरुद्ध अनुसन्धान गरी दोषी देखिएका उपर कारवाही चलाउन आदेश दिएको हो ।

सार्वजनिक सरोकारको मुद्दा भनि नवराजको पक्षबाट मुद्दा दायर गर्ने कानून व्यवसायीको नाम पनि अभिलेखमा राख्न नेपाल कानून व्यवसायी परिषद्मा पठाउन उक्त इजलाशले आदेश दिएको छ । कानून व्यवसायी कपिल देव ढकालले सार्वजनिक सरोकारको मुद्दा भनि नवराज सिलवालको पक्षबाट मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्