Logo
१२ श्रावण २०८१, शनिबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिकमा कांग्रेस–एमाले बीच प्रतिस्पर्धा, यस्तो छ परिणाम

काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दुई तिहाइ भन्दा बढि मत मतगणना भैसकेको छ । अन्तिम चरणतर्फ पुगेको यो मत गणनामा एमालेले अग्रता कायमै राखेको छ । आयोगका अनुसार अहिलेसम्म ६० वटा जिल्लाको मत गणना भैसकेको छ । बाँकी १७ वटा जिल्लाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।

समानुपातिकतर्फ खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मतमध्ये बिहीबार बिहान सवा ११ बजेसम्म उनान्असि लाख ४९ हजार २ सय ५१ मत गनिसकिएको आयोगले जनाएको छ । यति मत गन्दा एमालेले २७ लाख नौहजार ९ सय ३३ मत ल्याउदै अग्रता कायम गरेको हो । एमालेपछि दोस्रोमा कांग्रेसको मत छ । उसले २६ लाख २० हजार ६४९ मत पाएको छ । यो परिणाममा एमाले भन्दा कांग्रेस झण्डै एकलाखको अन्तरमा पछि छ ।

त्यस्तै तेस्रोमा माओवादी केन्द्र छ । उसले हालसम्म १० लाख ८६ हजार ४२५ मत ल्याएको छ । यो मत कांग्रेसको भन्दा झण्डै १६ लाखले कमि हुन आउँछ । संघीय समाजवादी फोरम नेपालले ३ लाख ८० हजार ७२६ मत ल्याउदै चौथो स्थान बनाएको छ भने राजपा नेपालले ३ लाख १६ हजार ६६४ मत पाएको छ । अहिलेसम्म बिबेकशील र राप्रपाले समानुपातिकमा २ लाख मत कटाउन सकेका छैनन् । विवेकशीलले १ लाख ७८ हजार ७३८ मत ल्याउदा राप्रपाले १ लाख ७८ हजार ३०८ मत पाएको छ ।  राप्रपा प्रजातान्त्रिकले भने ६४ हजार ८१८ मत मात्रै बनाएको छ । नेमकिपाले ५० हजार ५०० र अन्य दलले जम्मा २९१६०९ मत ल्याएका छन् ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्