Logo
११ श्रावण २०८१, शुक्रबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिजे ‘मार्समेलो’ को नाममा क्लव डेजाभुमा तोडफोड

काठमाडौं : दरबारमार्गस्थित क्लव डेजाभुमा बुधबार राति तोडफोड भएको छ । अन्तर्राष्ट्रिय डिजे ‘मार्समेलो’ आउने भनेर क्वलले केही समयदेखि टिकट विक्री गरे पनि मार्समेलो नआएको कारणले आक्रोशित समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडका कारण क्वलको अधिकांश भागमा क्षति पुगेको छ । क्वलले मार्समेलोको शो’को लागि ५ हजार रुपैयाँमा एउटा टिकट विक्री गरेको थियो । बुधबार क्लवमा ३ हजारभन्दा बढी मानिसले टिकट लिएको बुझिएको छ ।

प्रतियोगितामा र्‍यापर लाउरे, डिजे राजु, डिजे रविश, डिजे सस्पोइसनले निर्णायकको भूमिका निर्वाह गर्ने र प्रतियोगिताको विजेताले ३ लाख २५ हजार बराबरको मोटरसाइकल पुरस्कार पाउने भनिएको थियो ।

‘ब्याटल अफ डिजेज’ नाम दिइएको कार्यक्रममा बलिउड अभिनेता निल नितिन मुकेश विशेष अतिथि रहने भनिएको थियो । क्रियटो ए टू जेडले आयोजना गरेको डिजेहरुको ब्याटल नेपालमा पहिलोपटक हुन लागेको आयोजक संस्थाको दाबी थियो ।

 

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्