Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमार १३ रनमै अलराउट, नेपाल समूह विजेता

काठमाडौं : एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ ।

नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमारले ११.३ ओभरमा सवै विकेट गुमाएर १३ रन मात्रै बनाउन सक्यो । थाइल्याण्डमा खेलमा जारी समूह एमा रहेको नेपाल समूह चरणका तीनवटै खेलमा जित हात पार्दै समूह विजेता बनेको हो । यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले बिहीबार म्यानमारलाई स्तब्ध पार्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यलाई मजबुद पारेको छ ।

म्यानमारका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपालका नारायण जोशी र मेखबहादुर थापाले समान ४–४ विकेट लिए । ३ ओभर बलिङ गरेका नारायणले २ ओभर मेडन राख्दै १ रन मात्रै खर्चिए। त्यस्तै, २ ओभर बलिङ गरेका मेखबहादुरले ३ रन खर्चिए ।

त्यसअघि कप्तान रित गौतमको शतकीय पारीको मदतले नेपालले ३५ ओभरमा ६ विकेट गुमाइ ३५० रन बनाएको थियो। रितसँगै नेपालका तृत राज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेलेका थिए । रितले ७८ बलमा अविजित १०६ रनको पारी खेल्दा १२ चौका प्रहार गरे। यस्तै, तृतराज दासले २९ बलमा ७ चौका र ३ छक्काको मदतमा ६४ रन जोडे भने प्रतिशले ३१ बलमा ६३ रन बनाए। सो क्रममा उनले १० चौका र १ छक्का प्रहार गरे ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्