Logo
१२ श्रावण २०८१, शनिबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगलागीमा परेर ३० वार्षिया महिलाको मृत्यु

इलाम : इलाम नगरपालिको वडा नम्बर चार बिब्ल्याँटेमा घरमा आगलागी हुँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । बिब्ल्याँटेका भविन्द्र नेपालको घरमा गएराती करिव दुई बजे आगलागी हुँदा उनकी श्रीमति ३० वर्षकी पवित्रा नेपाल घाइते भएकी थिइन् ।

घाइते नेपालको इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापा लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातको समयमा घरमा बालिएको टुकि-बत्ति लडेर आगलागी भएको र आगो सल्केपछि भाग्ने क्रममा महिला घाइते भएको प्रहरीे नायव उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । मृतक महिलाको शव घरमा ल्याएर राखिएको छ ।

घरमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा विहान तीन बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट नेपालको घर र त्यसभित्र रहेका भाँडा-वर्तन, लत्ता-कपडा, खाद्यान्न लगायतका सरसमान नष्ट हुँदा करिव तीन लाख भन्दा बढिको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्