Logo
१२ श्रावण २०८१, शनिबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाँजा तस्करीमा संलग्न ट्रक चालक महतो पक्राउ

धादिङ : ३८ किलो गाँजासहित एक जना ट्रक चालक पक्राउ परेका छन् । उनी गाँजा तस्करीको आरोपमा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय गजुरी, धादिङ्गले बिहीबार बिहान गजुरी बजारबाट ट्रक चालक हृदयनन्द प्रसाद महतोलाई पक्राउ गरेको हो ।

ना २ ख ७३११ नम्बरको ट्रकका चालक महतोले क्याबिनमा लुकाई गाँजा तस्करी गर्न लागेको इप्रका गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए । राजमार्गमा नियमित चेकिङका क्रममा महतो पक्राउ परेका हुन् ।

धादिङका दुर्गम गाउँहरुमा व्यावसायिक रुपमा गाँजा खेती गरी त्यसबाट चरेस बनाएर विश्वका विभिन्न देशसम्म तस्करी हुने गरेको बताइएको छ ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्