Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक धिरज राईलाई ज्यान मार्ने धम्की (हेर्नुस् भिडियो)

गौतम बुद्ध नेपालमा जन्मेको कुरामा कुनै दुई मत नै छैन र यो ध्रुब सत्य कुरालाई कसैले उल्टाउन खोज्यो भने त्यो कुरा हामी नेपालिलाई मान्य हुने पनि छैन । यसैबीच तिबत्ति धर्म गुरु दलाई लामा जो अहिले भारत मा निर्बासित जिबन बिताई रहेका छन् उनले केहि समय अगाडी एउटा सर्बजिनिक कार्येक्रममा बोल्दै गौतम बुद्ध नेपालमा नभई भारतको कुनै उत्तरी भेगमा जन्मेका हुन् भन्ने टिप्पणी दिएका थिए ।

यस बिषयम अहिले सम्म नेपाली स्टार गायक धिरज राई र महा नायक राजेश हमाल बाह्येक कसैले पनि बोल्न भएका छैनन् । हुन त भारतले अहिले गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने बनाउन भारतमा नक्कली लुम्बिनी नै बनाउन लागि परेको कुरा पनि बाहिर आएको छ । यसै बीच गायक धीरज राईले भने यो कुरा को खुलेरै बिरोध गरि रहेका छन् र यसको बिरुद्दमा अभियान नै चलाई रहेका छन् । उनले गौतम बुद्ध नेपाली भुमिमा जन्मेका हुन् भन्ने संदेश सहित बिश्वो भ्रमण गर्ने आठोट पनि गरेका छन् र कतिपय देशको भ्रमण सकी पनि सकेका छन् ।

हुन त अहिले तिब्बती धर्म गुरु दलाई लामाले आफ्नो गलत प्रचारलाई लिएर सर्बजिनिक रुप मै माफी पनि मागी सकेका छन्  । तर विभिन्न व्यक्तिहरुले धिरज राईलाई यो आभियानमा नलग्नको लागि विभिन्न किसमका धम्की समेत आइ रहेकको भए पनि उनी यो अभियान बाट पछि भने नहट्ने कुरा च्यानल आइ. एम . जी . को कार्येक्रम “शेलेब्स कनेक्शन” मा प्रस्तोता बेनिश भण्डारी मार्फत जानकारी गराएका छन् र यो आभियानलाई सफल पार्नको लागि सम्पूर्ण देश प्रेमी नेपाली दाजु भाईलाई उहाको अभियानलाई साथ दिनु हुन पनि अनुरोध गरेका छन् ।

भिडियो :

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्