Logo
१२ श्रावण २०८१, शनिबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिकमा पछ्याउँदै कांग्रेस, एमाले अग्रता यथावत

काठमाडौं । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ ।

एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ । यसैगरी कांग्रेसले आठ लाख ७८ हजार ८२४ मत हासिल गरिसकेको छ ।

कांग्रेसभन्दा निकै नै पछि रहेको माओवादी केन्द्रले तीन लाख ८५ हजार ४३४ मत बटुलेको छ । आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्