Logo
१२ श्रावण २०८१, शनिबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम गठबन्धनलाई बहुमत : १४ स्थानको नतिजा आउँन बाँकी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्रले केन्द्र र प्रदेशका बहुमत सिटमा विजय हाँसिल गरेका छन् । मतगणना भइरहेका निर्वाचन क्षेत्रको जित र अग्रतालाई हेर्दा वाम गठबन्धनले बहुमत प्राप्त गरेको हो ।

बिहीवारदेखि जारी मतगणनामा सोमवार दिउँसो ४ : ३० बजेसम्म निर्वाचन आयोगमा प्राप्त परिणामअनुसार नेकपा एमालेले प्रतिनिधि सभामा ७३ सिट जित्दै अग्रस्थानमा रहेको छ । माओवादी केन्द्र ३२ सिटमा जित्दै दोस्रो स्थानमा रहेको छ । नेपाली काङ्ग्रेस जारी मतगणनामा बाम गठबन्धनभन्दा पछाडि परेको छ । काङ्ग्रेसले २१ सिट जित्दै तेस्रो स्थानमा छ । यस्तै, राजपा १०, सङ्घीय समाजवादी फोरम ९, नेमकिपा १, राजमो १, राप्रपा १, नयाँ शक्ति १ र स्वतन्त्र उम्मेदवार ३ स्थानमा विजयी भएका छन् ।

प्रतिनिधिसभाका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० निर्वाचन क्षेत्रमा भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगमा प्राप्त विवरण अनुसार सोमवार दिउँसो ४ : ३० बजेसम्म प्रतिनिधिसभातर्फ १ सय ५१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

अव १७ निर्वाचन क्षेत्रको मात्र मतपरिणाम आउन बाँकी रहेको छ । कुल १ सय ६५ सांसदका लागि १ हजार ९ सय ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । यस्तै प्रदेशसभातर्फ ३ सय २ उम्मेदवार विजयी भएका छन् । जसमा एमाले अग्रस्थानमा रहेको छ भने माओवादी दोस्रो र काङ्ग्रेस तेस्रो स्थानमा रहेको छ । ३ सय ३० सांसदका लागि ३ हजार २ सय ३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्