Logo
१२ श्रावण २०८१, शनिबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेससंग सहकार्य गर्ने प्रचण्डको खुलासा, देउवालाई दिए बधाई

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनीधिसभा र प्रदेशसभामा काँग्रेसले व्योहोरेको हार उसका लागि शिक्षा हुने बताएका छन् । प्रचण्डले काँग्रेसको हार उसका लागि चुनौति र अवसर दुवै रहेको पनि बताए ।

एक टीवी च्यानलसँगको अन्तर्वार्तामा उनले भनेका छन् :

‘चुनाव हारेपनि काँग्रेसको प्रतिपक्षको भूमिका हुन्छ नै ।
हामील पनि राष्ट्रिय मुद्दामा उसँग सहमति त गर्नुपर्ने हुन्छ । यो हार काँग्रेसका लागि कमीकमजोरी सच्चाउने मौका हो ।
यस्ता खालका चुनावी परिणामले पार्टीलाई सच्चिने मौका दिन्छन् ।  

यो हार काँग्रेसका लागि चुनौति पनि हो अवसर पनि हो ।  वीपीको आर्दशतिर, गिरिजाबाबुको गणतन्त्र र शान्तिको आर्दशतिर फर्कने अवसर हो ।  देउवाजीले जित्नु भएको छ । उहाँलाई बधाई छ ।  काँग्रेस देउवाकै नेतृत्वमा पुरानो आर्दशतिर फर्कियोस् । त्यहाँभित्र अराजकता छ । त्यो हल होस् ।’

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्