Logo
११ श्रावण २०८१, शुक्रबार
(December 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश अब राजनीतिक स्थायीत्व र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

 

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए ।

उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि बताए । प्रचण्डले सबैलाई ऐतिहासिक चुनावमा सहभागी हुन अपिल पनि गरे ।

प्रचण्ड चितवन क्षेत्र नं. ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । भोट हाल्न पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहाल भोट हाल्न मतदान केन्द्रमा गएका थिए । प्रचण्डकी माइली छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गर्दै छिन् ।

प्रकाशित मिति: Dec 7, 2017

प्रतिक्रिया दिनुहोस्