Logo
१२ श्रावण २०८१, शनिबार
(December 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोलाई बाम गठबन्धनको औपचारिक समर्थन

काठमाण्डौ : देशैभरि सबैभन्दा रोचक भनिएको धनुषा-३मा मतदान भन्दा १२ घण्टा अगाडी बाम गठबन्धनले आफ्नो समर्थन राजपाका उम्मेद्वार राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।

धनुषा-३बाट बाम गठबन्धनका उम्मेदवार रामसिंह यादवलाई मधेशी गठबन्धनका उम्मेद्वार राजेन्द्र महतोको पक्षमा लाग्न र आफ्ना कार्यकर्ता समर्थकहरुलाई प्रतिनिधि सभामा मधेशी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन जारि गरेको छ ।

हिजो अबेर राति जनकपुरमा भएको दुवै पक्षको बैठकमा सहमति भए पछि काठमाण्डौबाट सो निर्देशन आएको बताइएको छ. जनकपुरमा राजपाको तर्फबाट मेयर लालकिशोर साह र बाम गठबन्धनका उम्मेद्वार माओवादी नेता रामसिंह यादव बीच भएको दुई घण्टा लामो बैठक पछि बाम गठबन्धनका उम्मेद्वार रामसिंह यादवले राजपाका उम्मेद्वार राजेन्द्र महतोलाई समर्थन गर्ने सहमति जनाएका थिए ।

स्थानिय स्तरमा सहमति भए पछि काठमाण्डौमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिवालयको बैठकले धनुषा-३को प्रतिनिधि सभाका लागि मधेशी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन जारि गरेको छ ।

काठमाण्डौबाट जारि गरिएको विज्ञप्तिमा मधेशी जनताको हक अधिकारको लागि निरन्तर संघर्ष गर्ने र देशको एक परिवर्तनकारी शक्तिको नेतृत्वदायी भूमिकामा रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई समर्थन गर्न आफ्ना समस्त कार्यकर्ता र समर्थकहरुलाई निर्देशन दिएको उल्लेख गरिएको छ ।

उता नेकपा एमालेले पनि आन्तरिक सर्कुलर जारि गर्दै परिवर्तनका संवाहक, मधेश आन्दोलनका अगुवा नेता राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको पक्षमा मतदान गर्न आफ्ना सम्पूर्ण पार्टी पंक्ति र समर्थक हरुलाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Dec 7, 2017

प्रतिक्रिया दिनुहोस्