Logo
१७ बैशाख २०८१, सोमबार
(December 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावको दिन कसले गाडी चलाउन पाउने, कसले नपाउने ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा मतदानको दिन कुनै पनि किसिमका सवारी साधन चलाउन नपाइने गृह मन्त्रालयले बताएको छ ।

मतदानको दिन ती जिल्ला भएर अन्यत्र चल्ने सवारी साधन पनि सञ्चालन हुन नसक्ने भएकाले सबैलाई बुधवार राति १२ बजे अगावै गन्तव्यमा पुगिसक्न  पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मङ्गलवार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले मतदानको दिन सुरक्षा निकाय, निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, दूरसञ्चार सेवा, सव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा) बाहेक अन्य कुनैपनि प्रकारका सवारी साधन सञ्चालनमा निषेध गरिएको बताएको छ ।

मन्त्रालयले यसअघि नै उक्त दिन सार्वजनिक बिदा दिने बताइसकेको छ ।

 

प्रकाशित मिति: Dec 6, 2017

प्रतिक्रिया दिनुहोस्