Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रंगशाला जीर्ण: समर्थकसँगै करोडौं रुपैयाँ गुमाउँदै एन्फा

काठमाडौं : पछिल्ला दिनहरुमा नेपाली फुटबलले समर्थकहरु गुमाउँदै जान थालेको छ । भुकम्पले नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला जीर्ण बन्नु र ‘ए डिभिजन’ खेलहरु नहुनु त्यसको प्रमुख कारण हो।

भुकम्पअघि दशरथ रंगशाला १८ हजार दर्शक क्षमताको थियो। सन् २०१३ को साफ च्याम्पियनसिप नेपालमा हुँदा नेपालको खेल हेर्न रंगशाला पुरै भरिभराउ भरिएको थियो। साधारणतर्फ एक हजार तथा भिआइपी प्याराफिटतर्फ तीनहजार रुपैयाँ टिकट राख्दा पनि कतिपय समर्थक टिकट नपाएर फर्कनुपथ्र्याे।

पछिल्लोपटक नेपालले महादेशीय फुटबलको सबभन्दा प्रतिष्ठित ‘एसियन कप’ को छनोट खेलिरहेको छ। समूहका शीर्ष दुई टोली यूएईमा हुने एसियन कपमा सहभागिताको मौका पाउने व्यवस्था छ। घरेलु मैदानमा प्रतिष्ठित प्रतियोगिता खेल्न राष्ट्रिय टोली उत्रिँदा भने एक समयको लोकप्रिय खेल फुटबलले अपेक्षित दर्शक पाएको देखिएन।

२०७२ बैशाखमा गएको भुकम्पले दशरथ रंगशाला जीर्ण बनाउनु र लामो समयदेखि ए डिभिजन लिग नहुनु त्यसको मुख्य कारण हुन् । यता, १५ सय क्षमताको एन्फा कम्प्लेक्स सातदोबाटोमा एसियन कप छनोट अन्तर्गतका २ घरेलु खेलहरु नेपालले ताजकिस्तान र फिलिपिन्ससँग खेल्यो ।

१२ सय दर्शक मात्रै रहेको मैदानमा ताजकिस्तान–फिलिपिन्सबीचको खेल हेर्न अझै कम एक हजार दर्शक मात्रै पुगे ।नेपालको एकमात्र अन्तराष्ट्रिय रंगशाला समयमै निर्माण नहुँदा नेपाली फुटबलको एकातिर लोकप्रियता खस्कँदो छ भने अर्कोतिर एन्फाले करोडौं रुपैयाँ गुमाएको छ ।

प्रकाशित मिति: Dec 6, 2017

प्रतिक्रिया दिनुहोस्