Logo
११ श्रावण २०८१, शुक्रबार
(December 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदर्शन मितितय : प्रदीप र जसिताको ‘लिलिबिलि’ ३० चैतमै आउने

काठमाडौं : पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । निर्माता गोबिन्द शाहीले ‘लिलिबिलि’ ३० चैत्रमा ल्याउन लागिएको जानकारी दिए ।

यतिबेला युकेको बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीलगायतले अभिनय गरिरहेका छन् ।

युकेकै रमणिय स्थलमा छायाँकन भइरहेको बताइएको यो चलचित्रको अहिले ५५ प्रतिशत काम सकिएको छ । चलचित्र बितरक समेत रहेका गोबिन्द शाहीले निर्माण गरेका हुन् ।

निर्माण शाहीका युनिटका अनुसार चलचित्रको प्रचार यहि क्रिसमसमा पहिलो गीत सार्वजनिक सँगै सुरु हुँदैछ । मिलन चाम्सको निर्देशन रहेको चलचित्र निर्माणमा गोबिन्दसँग सूदीप खड्का र निर्देशक चाम्सलेनै सहकार्य गरेका छन् ।

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्