Logo
१२ श्रावण २०८१, शनिबार
(December 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लण्डनमा रोजगारी थप्दै फेसबूक

लण्डन (बेलायत) । सन् २०१८ मा विश्वकै ठूलो सामाजिक सञ्जाल फेसबूकले ८ सयको सङ्ख्यामा नयाँ रोजगारी थप्ने भएको छ । लण्डनमा नयाँ कार्यालय खोल्दै कम्पनीले रोजगारी सृजना पनि थप गर्ने योजना बनाएको हो । अर्को वर्षको अन्त्यसम्ममा बेलायतमा फेसबूकका २ हजार ३ सय कर्मचारी हुने अनुमान गरिएको छ ।

बेलायतमा आफ्नो स्थापनाकालको १०औं वार्षिकोत्सवका अवसरमा फेसबूकले नयाँ कार्यालय खोेल्न लागेको र यो अमेरिकाबाहिर खुल्ने कम्पनीको सबैभन्दा ठूलो इञ्जिनीयरिङ हब हुने बताइएको छ । बेलायतको उद्यमी इकोसिष्टम र इञ्जिनीयिरिङ विशिष्टताका कारण यो प्राविधिक कम्पनीका लागि उचित गन्तव्य बन्न पुगेको फेसबूकको यूरोप, मध्यपूर्वी तथा एशियाका उपाध्यक्ष निकोला मेण्डेलसनले जानकारी दिएकी छन् । एजेन्सी

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्