Logo
१५ आश्विन २०८०, सोमबार
(December 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै डिजिटल मुद्रा बनाउँदै भेनेजुएला

कराकस (भेनेजुएला) । भेनेजुएलाले आफ्नो डिजिटल मुद्रा बनाउँदै छ । अमेरिकाले आफूमाथि लगाउँदै आएको आर्थिक प्रतिबन्धविरुद्ध लड्न ‘पेट्रो’ नामक भचुर्अल मुद्रा बनाउन लागिएको त्यहाँका राष्ट्रपति निकोलास मदुरोले आइतवार बताएका हुन् ।

यस मुद्रालाई देशको तेल तथा ग्यास सञ्चितिमात्र नभएर सुन र हिरा सञ्चितिले पनि समर्थन गर्ने बताइएको छ । त्यसैगरी, सरकारले भर्चुअल मुद्रा किनबेच गर्ने प्लेटफर्म सफ्टवेयर ब्लकचेन अब्जर्भेटरी बनाउने घोषणा पनि गरेको छ । पछिल्लो समय कच्चा तेलको भाउमा आएको कमी र तेल उत्पादन घटेसँगै भेनेजुएला गहिरो आर्थिक सङ्कटमा फसेको छ । अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धका कारण अर्थतन्त्र झन् सङ्कटग्रस्त बनेको छ ।

यस्तोमा विगत १ वर्षमा कालो बजारमा भेनेजुएली बोलिभारका तुलनामा डलरको भाउ  ९५ दशमलव ५ प्रतिशत घटेको छ । यस्तोमा उत्कर्षमा पुगेको महँगीको मारबाट बच्न हजारौं भेनेजुएलीहरूले बिट्क्वाइन माइनिङ गरिरहेका छन् । एएफपी

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्