Logo
५ जेष्ठ २०८१, शनिबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरकै ग्यारेजमा पार्क गर्न सकिने ८० लाखमै निजी हवाईजहाज

अहिले  विभिन्न कम्पनीले कारझैं निजी यात्रामा प्रयोग गर्न सकिने हवाई जहाजको निर्माण गरिरहेका छन् । टेराफुजिया कम्पनीले निर्माण गरेको ‘फ्लाइङ कार’ र इह्याङ्गको मानिस चढ्न मिल्ने ड्रोन यसैका नमूना हुन् । यी उपकरण विकसित भएर प्रदर्शनसमेत गरिएको छ । ई–गो एयरोप्लेन्सले आफ्नो पहिलो एयरक्राफ्टको उत्पादन शुरू गरेको छ । सस्तोमै खरीद गर्न सकिने र आफ्नै कम्पाउण्डमा पनि पार्क गर्न मिल्ने उक्त हवाईजहाजको विकासले धेरैलाई नयाँ उत्साह थपेको छ । लाइट कार्बन फाइबरद्वारा निर्मित यो ई–गो एयरक्राफ्टमा कम्प्याक्ट वाङ्कल रोटरी इञ्जिन जडान गरिएको छ । कम्पनीद्वारा निर्मित यो विमानलाई ग्यारेजमा सजिलै पार्क गर्न सकिन्छ ।

सन् २००७ मा लाइट एयरक्राफ्ट एशोसिएशनद्वारा आयोजित प्रतियोगितामा यो विमानको विकास भएको हो । यसको निर्माणको चरणमै कम लगानीमा उडान गर्न सम्भव बनाउने सोच राखिएको थियो ।

विमानसम्बन्धी केही जानकारी

  • ई–गो एयरक्राफ्टमा ३० हर्सपावरको वाङ्कल रोटरी इञ्जिन जडान गरिएको छ ।
  • यो विमानमा २ सय ७० किलोग्राम वजनसहित उडान गर्ने क्षमता छ ।
  • उडान गर्न ३० मिटर लम्बाइको जमीन भए पुग्छ ।
  • ई–गो विमानको माध्यमबाट ५ सय ३१ किलोमिटर प्रतिघण्टाको र ९० नट्सको गतिको आनन्द लिन सकिन्छ ।
  • पारम्परिक विमानभन्दा करीब १० गुणा सस्तो छ । यसबाट १ घण्टाको उडान गर्न करीब रू. २ हजार ५ सय खर्च लाग्ने बताइएको छ ।
  • ३ दशमलव ६ लिटरमा झण्डै १ सय ६७ किलोमिटर प्रतिघण्टा गतिमा १ सय किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

आन्तरिक सजावट
ई–गोको आन्तरिक सजावटका दृष्टिले हेर्दा यसमा रहेको सीट विमानसँग एटेच (जडान) गरिएको छ । तर, यसमा रहेका पेडललाई आवश्यकताअनुसार अगाडि वा पछाडि समायोजन गर्ने सुविधा उपलब्ध छ । विमान चलाउने चालकको उचाइ ६ दशमलव ३ फीटसम्म र वजन अधिकतम १ सय १० किलोग्राम हुनु आवश्यक छ । साथै, विमानमा १५ किलोसम्मको लगेज (सामान) लैजान मिल्ने स्थानको बन्दोबस्तीसमेत गरिएको छ । ई–गोमा विमान सम्बन्धित अत्यावश्यक जानकारी राख्न तथा लिनका लागि ठूलो डिस्प्ले दिइएको छ । यसको माध्यमबाट इञ्जिन सम्बन्धित जानकारी, जाँचसूची तथा नेभिगेशनलगायत कार्य गर्न सकिन्छ ।

मूल्य
ई–गो एयरक्राफ्टको शुरुआती मूल्य ५० हजार यूरो तोकिएको छ । यो नेपाली रू. करीब ७६ लाख हो ।

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्