Logo
१२ श्रावण २०८१, शनिबार
(December 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्याँसबाट चल्ने सवारीसाधन तत्काल नहटाउन आदेश

काठमाडौं । २० वर्ष अवधि पूरा गरेका ग्यासबाट सञ्चालन हुने सवारीसाधनलाई तत्काल नहटाउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । ग्यासबाट सञ्चालन हुने सवारीसाधन पनि वातावरणमैत्री भएकाले त्यसलाई हटाउने सरकारी निर्णय हाल कार्यान्वयन नगर्न आदेशको माग गर्दै दिइएको रीट निवेदनमा सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो । सो रीट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले त्यस्तो आदेश दिएको हो ।

सरकारले २० वर्ष अवधि पुगेका सवारीसाधन हटाउने नीति २०७१ सालमा नै लिएको थियो । सोहीबमोजिम २० वर्षे अवधि पूरा भएका ग्यासबाट चल्ने सवारीसाधनलाई सरकारले हटाउने निर्णय गरेको थियो । तर, सरकारले विद्युत्बाट सञ्चालन हुने सवारीसाधनलाई भने आफ्नै नीतिविपरीत १० वर्ष अवधि थप गरिएको थियो ।  विद्युत्बाट चल्ने सवारीसाधनजस्तै ग्यासबाट चल्ने सवारीसाधन पनि वातावरणमैत्री भएको उल्लेख गर्दै थप १० वर्ष नहटाउनका लागि आदेशको माग गर्दै सर्वोच्च अदालतमा रीट निवेदन दायर गरिएको थियो ।

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्