Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुर पेट्रियसद्धारा चार खेलाडी छनोट

काठमाडौं,१८ मंसिर । टिभिएस एभरेष्ट प्रिमियर लिगमा अन्र्तगतको टिम ललितपुर पेट्रियसले इपिएलको निर्देशन अुनुरुप कात्तिक महिनाको २४ गते र २८ गते गरी दुई चरणमा लोकल ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रमको पहिलो चरणमा १०५ जना खेलाडीको सहभागीता थियो । जसमा ३१ जना उत्कृष्ट खेलाडी छनोट गरिएको थियो । दोस्रो चरणमा सहभागी ३१ जनाबाट ललितपुर टेट्रियसले ४ जना खेलाडीलाई छनोट गरिएको काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

छनोट भएका चार जना प्रतिश जिसी, (Left Arm Medium Peace ), सुमित झा (Right Arm medium peace, Right Handed Batsman) , विपिन आचार्य spinne, रित गौतम , Right Handed Bastman,Wicked Keeper छन् ।

यी खेलाडीले यही मंसिर २६ गते देखि टिमका अन्य खेलाडीसँग क्याम्पमा बस्ने जनाइएको छ । त्यस सिलसिलामा उनीहरुको खेल अभ्यास नेपाली क्रिकेटका हस्तीहरुसँग हुनेछ ।

प्रकाशित मिति: Dec 4, 2017

प्रतिक्रिया दिनुहोस्