Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईको अबुधावीमा ६ विकेटले नेपालद्धारा केन्या पराजित

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएई विरुद्धको खेलको तयारीका क्रममा भएको अभ्यास खेलमा नेपालले आइतबार केन्यालार्इ छ विकेटले पराजित गरेको छ ।

युएईको अबुधावीमा भएको अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले १९‌.५ अोभरमा ४ विकेट गुमाएर भेटायो ।

नेपालका लागि दीपेन्द्रसिंह एेरीले सर्बाधिक ४६ रन जोडे । ३५ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे। उनीसँगै शरद भेषावकरले ३१ रन जोडे । नेपालले दीलिप नाथ (०), सागर पुन (१) र अारिफ सेख ४ रनमा नट अाउट रहे ।

त्यसअघि केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्रै बनाएको थियो। केन्याका रुसाब पटेलले २७ र एलेक्स ओबन्डाले २५ र गुर्दिप सिंहले २२ रन बनाए ।

नेपालका ललित भण्डारीले ४ विकेट पछि केन्याले ठूलो स्कोर बनाउन सकेन् । १० ओभरको स्पेलमा ललितले १ मेडन राख्दै ४६ रन खर्चेका थिए । त्यस्तै, नेपालका लागि आरिफ शेखले २ तथा सन्दीप लामिछाने, सागर पुनले समान १–१ विकेट लिए ।

अभ्यास खेलमा नेपालका तर्फबाट नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल तथा ब्याट्सम्यान बिनोद भण्डारी र तीब्रगतिका बलर करण केसी खेलेका छैनन् ।

प्रकाशित मिति: Dec 3, 2017

प्रतिक्रिया दिनुहोस्