Logo
१२ श्रावण २०८१, शनिबार
(December 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्रलाई जिताएर निधिलाई ससुराली तिर पठाऔं : उपेन्द्र यादव

तेजप्रताप सिंह, धनुषा । संघीय समाजवादी फोरम नेपाका अध्यक्ष उपेन्द्र यादवले मधेशी अधिकारका बाधक नै नेपाली कांग्रेस भएकाले राजेन्द्र महतोलाई जिताउनुपर्ने बताएकाछन् ।

धनुषा स्थिति क्षेत्र नम्बर ३ को चुनावी सभामा सम्बोधन गर्दै यादवले महतोलाई जिताएर पठाउनुको अलावा अर्को कुनै बिकल्प नै न भएको बताए । उनले भने, -नेपाली काङ्ग्रेसकै कारण मधेशीको हितमा संसोधन हुननसकेको हो, त्यसैले अधिकार एवं विकासका लगि महतोको कुनै विकल्प नै छैन ।”

जनकपुरको विकास र मधेसीको अधिकारबाट बंचित गराइ मात्र दलाली गर्नेलाइ ससुराली तिरै पठाइदिनुपर्छ” निधीप्रती लक्षित गर्दै यादवले भने -“काङ्ग्रेसमा रहि मधेसीका नाममा मात्र दलाली गर्नेहरुलाइ फोरम-राजपाले हावामा उडाईदिनेछ” ।

उनले राजपा-फोरमको गठबंधनले प्रदेशसभामा २ तिहाई बहुमत ल्याउने दावी गरे । शनिबारको चुनावी सभासंगै मा राजपाका महतो र काङ्ग्रेसका निधिबीचको चुनावी टक्करले चुनावी माहोल थप तताएका छन् ।

यी दुई हेभिवेट नेतामध्ये कसले बाजी मार्ला भन्ने सबैको चासो बनेको छ । चुनाव जित्नका लागि दुवै नेताले साम–दाम–दण्ड भेददेखि आफूसँग भएका सबै अस्त्र प्रयोग गरिरहेका छन् ।

यसैबीच शनिबार महतोले धनुषाको फूलगामामा आफ्नो शक्ति प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: Dec 2, 2017

प्रतिक्रिया दिनुहोस्