Logo
१२ श्रावण २०८१, शनिबार
(December 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदातासँग देउवाको प्रश्न : लोकतन्त्र रोज्ने की अधिनायकवाद ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्ने भन्दै लोकतन्त्र रोज्ने की अधिनायकवाद भनेर मतदातासँग प्रश्न गरेका छन् ।

 

कञ्चनपुर स्थित बेलौरीमा आयोजित एक चुनावीसभालार्इ सम्बोधन गर्दै देउवाले मुलुकको समृद्धि र विकास कांग्रेसले मात्रै गर्न सक्ने दावी गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गरे। ‘काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएका छन्’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा कांग्रेसले जित्नु आवश्यक छ।’

प्रकाशित मिति: Dec 2, 2017

प्रतिक्रिया दिनुहोस्