Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामगठ्बन्धनको रणनीति : काङ्ग्रेसलाई एक्कल्याउन राजपा-फोरमलाई सघाउने

तेजप्रताप सिंह,  काठमाडौं । कुनैपनी हालतमा बहुमतको कसरतमा रहेको बामगठ्बन्धले तराई मधेशमा भने मधेश-गठबंधनलाई सघाउने रणनीति बनाएको छ ।

प्रमुख प्रतिस्पर्धी नेपाली काङ्ग्रेसलाई अवरोध गर्न बाम गठबंधनले आफ्नो प्रतिस्पर्धा नरहेको स्थानमा राजपा-फोरमबीच रहेको गठबंधनलाई सघाउने रणनीति बनाएको स्रोतको दाबी रहेको छ ।

“मधेस शक्तिलाई इग्नोर पनि गर्न सकिन्न, स्थानीय तहको निर्वाचनमा त्यो पनि एउटा शक्ती सावित भएको छ” एमालेका एक नेताले भने -“हाम्रो दुश्मन काङ्ग्रेस हो उस्लाई हराउन हमि जेपनि गर्छौं तर मधेश गठबंधनसंग हाम्रो कुनै इर्सिया छैन, संभव भए सघाउछौं तर बिगार्दैनौं”

“राजकिसोर यादवबाहेक राजपा नेपालका अध्यक्ष मण्डलका अन्य कुनैपनि नेतासँग हाम्रो प्रतिस्पर्धा छैन, काङ्ग्रेससंग नै उस्को प्रतिस्पर्धा हो त्यसकारण पनि हामिले राजपा फोरमलाई सघाउछौं” उक्त नेताले भने- “यसका लागी शिर्ष तहमा वार्ता भइसकेको छ, संविधान संसोधन आदि विषयमा समेत सम्झदारी भएको छ, बलियो पकड स्थानमा एक अर्कालाई सहयोग गर्ने समझदारी भएको छ” ।

बामगठ्बन्धनले राजपा-फोरमलाई सघाउने भएपछि सिराहामा उम्मेदवार रहेका यादवबाहेक प्राय सबै अध्यक्षहरु जित्ने निश्चित नै भएको श्रोतको दावी छ ।

यसमध्ये सबैभन्दा रोचक प्रतिस्पर्धा धनुषा-३ मा देखिएको छ । यहाँ काङ्ग्रेसका बिमलेन्द्र निधी र राजपाका राजेन्द्र महतोबीच निकै कडा ट्क्कर रहेको छ । तर बामको यो रणनीतिपछि महतोको पल्ला निकै भारी भएको बताइन्छ ।

तर राजपा-फोरमका नेताहरुले यसबारे केहि बोलेका छैनन् । काङ्ग्रेसले महतो बाहेक प्राय: सबै अध्यक्ष विरुद्धको उम्मेदवार फिर्ता लिएपछि राजपालाई यसबारे बोल्न अफ्ठायरो भएको बताइएको छ ।

तर राजपाका नेताहरुले कहिकतै पनि बामको विरोध गरिरहेका छैनन् । एक अर्काको निकै कट्टर विरोधी मानिएका एमाले अध्यक्ष केपि ओलि र महतोले समेत पछिल्लो समय एक अर्का विरुद्ध कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति: Dec 2, 2017

प्रतिक्रिया दिनुहोस्