Logo
११ श्रावण २०८१, शुक्रबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनतालाई मालिक बनाउने पार्टी कांग्रेस नै हो : देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिलाई चुनावमा सघाउन आग्रह गरेका छन् । जनताको ठूलो त्याग र बलिदानबाट बनेको समावेशी संविधानलाई कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको जिकिर गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनले एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयास गरेको आरोप लगाए ।

कांग्रेसले डोटी र अछाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्रमा मात्र जनता देशका मालिक हुन्छन्, जनतालाई मालिक बनाउने पार्टी नै कांग्रेस हो ।’ उनले भने,‘एक दलीय तानाशाही व्यवस्थामा जनताको हक अधिकार नहुने मात्र नभई डर त्रासमुक्त समाज हुन सक्दैन ।’

नेपाली कांग्रेसका सभापति समेत रहेको देउवाले डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र साँफेबगरमा भएका छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गरेका छन् ।

संविधानको सफल कार्यान्वयन, विकास र समृद्धिका लागि पनि कांग्रेसले चुनावमा जित्नु पर्ने उनको भनाइ छ । ७ नं प्रदेशको विकासमा ठूलो महत्व राख्ने पश्चिम सेती परियोजना निर्माणका लागि चीनको एक कम्पनीसँग सम्झौता भइसकेको उल्लेख गर्दै उनले खप्तडलाई पर्यटकीय क्षेत्र बनाउन र यस क्षेत्रमा सडक र कृषि क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताए ।

 

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्