Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाको निवास छेउमा पनि बम पड्कियो

काठमाडौं : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठमा रहेको निजी निवास नजिक शुक्रबार साँझ बम पड्किएको छ ।

करिब राति साढे आठ बजे देउवा निवास पछाडि बम विस्फोट भएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए । उनका अनुसार विस्फोटबाट कुनै क्षति भएको छैन ।

शुक्रबार साँझ ललितपुरको कुपन्डोलको यूएन पार्क नजिक पनि बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।

विस्फोट कसले गराएको भन्नेबारे बुझ्ने काम भइरहेको डिएसपी थापाले बताए ।

 

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्