Logo
११ श्रावण २०८१, शुक्रबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवार चढेको गाडीलाई लक्षित गरी लक्षित गरी बम विस्फोट

कपिलवस्तु : सिद्धराज नगरपालिका–९ भगवानपुरमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार इलियास सुलसमान चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले आज अपराह्नमा बम विस्फोट गराएको छ । विस्फोटका कारण सुलसमान चढेको एमए ४३ ए ८३०० नम्बरको भारतीय जिपमा सामान्य क्षति भएको छ भने विस्फोटबाट उम्मेदवार सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

विस्फोटबाट जीपको झ्यालका सिसा फुटेको र टायरमा क्षति भएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए। घटनास्थल र विस्फोटबारे नेपाली सेनाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । निर्वाचन अवधिभर थप घटना हुन सक्ने भएकाले सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सघन रुपमा परिचालन गरिएको प्रजिअ मदन भुजेलले बताएका छन् ।

 

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्