Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संरचनाकालागि वित्तीय आयोग गठनको तयारी

काठमाडौं । मुलुक संघीय संरचनामा प्रवेश गरेपछिको अवस्थामा वित्तीय कारोबार सञ्चलन गर्न सरकारले वित्तीय आयोग गठनको तयारी गरेको छ । वित्तीय अनुशासन, पारदर्शिता, संघीय संरचनामा प्रादेशिक एवं केन्द्रीय स्तरमा हुने वित्तीय कारोबारको प्रारुपको तयारी प्रशासनिकस्तरमा भइरहेको हो ।

जननिर्वाचित संसद् नभएकाले राज्यले उच्च सरकारी कर्मचारीलाई वित्तीय आयोग गठनसम्बन्धी नीति, नियम तर्जुमा गर्ने अभिभारा सुम्पेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले बताए ।

नेपाल आर्थिक पत्रकार समाजको ९सेजन० २०औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट व्यवस्थापिका–संसद्मा रुपान्तरित सदनबाट आयोग गठनसम्बन्धी काम पूरा गर्ने लक्ष्य पूरा नभएकाले प्रशासनिकस्तरमा अहिले पनि काम भइरहेको बताए ।

उनले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई सकारात्मक प्रभाव पार्ने खाजीपूर्ण समाचार प्रस्तुत गर्नुपर्ने सुझाव दिँदै विश्वनीय एवं स्तरीय पत्रकारिताले नै समाजलाई फाइदा पुग्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकका ७५३ स्थानीय निकायमध्ये १२० वटामा वित्तीय सेवा पुग्न बाँकी रहेको जानकारी दिँदै ती स्थानमा बैंकिङ सेवा पु¥याउन केन्द्रीय बैंक क्रियाशील रहेको बताए । सेजनका अध्यक्ष पुष्प आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्