Logo
११ श्रावण २०८१, शुक्रबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोसंग मेरो कुनै तुलना हुन्छ र ? उनी हावामा उडेर जानेछन् : निधि

जनकपुरधाम । नेपाली काँग्रेसका नेता तथा धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका उम्मेदवार रहेका विमलेन्द्र निधिले आफ्ना क्षेत्रका उम्मेदवार तथा राजपा नेता राजेन्द्र महतो हावमा उड्ने टिप्पणी गरेका छन् । जनकपुर स्थित निधि निवासमा पत्रकार सम्मेलनमा बोल्दै निधिले यस्तो टिप्पणी गरेका हुन् ।

उनले विगतमा यस क्षेत्रको लागि आफुले गरेको कामको मूल्यांकनले जनता आफ्नो पक्षमा रहेकाले आफु अत्यधिक मतले जित्ने र आफ्नो प्रतिष्पर्धा कसैसंग नरहेको दावी गरे । मधेशी जनताको राजनैतिक अधिकार र विकासको लागि नेतापली काँग्रेसको विकल्न नरहेको नेता निधिको तर्क छ ।

“राजेन्द्र महतोसंग तपाईको के कस्तो प्रतिस्पर्धा छ ? ” भनी एक पत्रकारको प्रशनमा निधिले भने –‘मेरो कसैसंग कुनै प्रतिस्पर्धा छैन, यो महतो भन्ने मान्छे हावामा उडेर जानेछ’ । उनले भने ‘महतोपनि कुनै नेता हुन र ? त्यस्ता तल्ला स्तरका ब्यक्ती मेरो कुनै तुलना हुन्छ र ?’

आफ्नो क्षेत्रमा विगतमा जनताले आफुलाई जिताएर पठाउँदा गाउँ गाउँ र जनकपुरको गल्ली गल्लीमा सडक बनाएको, राजर्षि जनक विश्व विद्यालय बन्ने सम्मको वातावरण बनाएको र अहिले जटहीदेखि ढल्केवरसम्मको ६ लेन सडक बनिरहेको बताए ।

त्यस हिँसाबले अव जनताले आफुलाई अत्यधिक मतले विजयी बनाउँने दावी गरे ।  आफु विरामी भएर काठमाडौंमा उपचारको लागि जाँदा धेरै जनताको घर घरमा पुगेर मत माग्न नसकेको र जनताले त्यो कुरा बुझेर आफुलाई मतदान गर्नेमा विश्वस्त रहेको नेता निधिको भनाई रहेको छ ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्