Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दनुवारबेँसीमा एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ

उदयपुर : बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेँसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ ।

उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताए ।

एम्बुसबाट सख्त घाइते कार्की र उनका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।

अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ । बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो  ।

प्रकाशित मिति: Nov 30, 2017

प्रतिक्रिया दिनुहोस्