Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधिले भने -“भौतारिएर एकजना भिखारी जनकपुर आएका छन”

जनकपुर । नेपाली कांग्रेसका नेता तथाधनुषा ३ का प्रतिनिधिसभा उम्मेदवार बिमलेन्द्र निधिले आफ्ना प्रतिद्धन्द्धी उम्मेदवार राजपा नेता राजेन्द्र महतो भौतारिएर आएका भिखारी भएको बताएका छन् ।

काठमान्डौ स्थित दस दिनको अस्पताल बसाई पछि जनकपुर फर्केका निधिले जनकपुरमा चुनावी सभामा आपना समर्थकहरुलाई सम्बोधन गर्दै राजपा अध्यक्ष महतोलाई पारीको जङ्गलबाट भौतारिएर आएका मगन्ते र भिखारी भएको बताए ।

सम्बोधनका क्रममा निधिले भने – ‘पारिको जंगलबाट एकजना मगन्ते भिखारी आएका छन् जनकपुरमा, उनि निकै भोखै छन्, तपाइँको घर दैलोमा आएपछि ति भोखाएका भिखारीलाई मजाले खाना खुवाउनुस र बिदा गरेर फेरि उतै पठाई दिनुस ।’ उनले भने “मिथिलामा जुनसुकै भिखारी आएपनि हामिले खान त दिनै नै हो तर उनलाई हैसियत अनुसारकै खाना दिनु होला ।”

काठमाण्डौमा उपचार गराएर जनकपुर फर्केका निधिले समर्थकहरुलाई सम्बोधन गर्दा आफ्ना प्रतिद्वन्द्वी महतो माथि निकै आक्रामक देखिएका थिए । उनले महतो बिरुद्ध सार्वजनिक अभिव्यक्ति मात्र दिएनन् सामाजिक संजाल मार्फत समेत महतो बिरुद्ध खनिएका छन् ।

फेसबुकमा महतो प्रति लक्षित गर्दै निधिले मैथिली भाषामा लेखेका छन्- बाहिरबाट आएका मगन्तेलाई आफना घरमा शरण दिनु हुँदैन । मगन्तेलाई भिख दिनुस र बाहिर बाटनै पठाई दिनुस । धनुषा-३ बाट आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै निधिले आफ्नो लेखेका छन् मेरो कसैसंग प्रतिष्पर्धा रहेको छैन् । उनले जनकपुरको बिकासमा आफ्नो पुरै योगदान रहेको बताएका छन् ।

प्रकाशित मिति: Nov 30, 2017

प्रतिक्रिया दिनुहोस्