Logo
११ श्रावण २०८१, शुक्रबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दी यात्रा होटललाई ‘लक्जरी बुटिक होटल’को उपाधि

कास्की । आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको पोखराको लेकसाइड स्थित ‘दी यात्रा कोर्टयार्ड होटल एण्ड रिसोर्ट’ले यस वर्षको ‘लक्जरी बुटिक होटल’को उपाधि हात पारेको छ । विभिन्न सेवा सुविधा र होटलले प्रदान गर्ने सर्भिसलगायतका आधारमा बेलायतको लक्जरी ट्राभल गाइड (एलटीजी)ले होटल कोर्टयार्डलाई उत्कृष्ट रिसोर्टको रुपमा छनोट गर्दै ‘लक्जरी बुटिक होटल’को उपाधि प्रदान गरेको हो ।

ट्राभल गाइडले केही दिन पहिले बेलायतमा आयोजित एक कार्यक्रममा दी यात्रा कोर्टयार्डलाई उक्त अवार्ड प्रदान गरेको हो । विश्वका विभिन्न देशहरुमा सञ्चालित होटल, ट्राभल, स्पा, एभिएसन, रेस्टुरेण्टहरुले प्रदान गर्ने सेवा सुविधा र आतिथ्यताको आधारमा एलटीजीले विश्वका उत्कृष्ट पाँचओटा बुटिक होटलको छनौंट गरेको थियो । विश्वबाट छनौंट गरिएका पाँच होटल मध्ये पोखराको दी यात्रा कोर्टयार्ड होटल पनि छनौंटमा परेको होटलका सञ्चालक रामचन्द्र भट्टराईले बताए । ‘विश्वका उत्कृष्ट पाँच भित्र र एशियाली मुलुक भित्रबाट समेत उत्कृष्टमा परेका छौं’, उनले भने, ‘यसले हामीलाई गौरवान्वित बनाएको छ ।’

होटलको बनोट, उपलब्ध सेवा, सुविधा, कोठाको भित्री र बाहिरी संरचना र डिजाईन, वेबसाइटलगायतलाई आधार बनाएर विज्ञसहितको टोलीले छनोट गरेको भट्टराईले बताए । आयोजकले विभिन्न वेबसाइट र सम्पर्कश्रोतबाट होटलको बारेमा अध्ययन गरेर छनोटमा परेको बारे होटललाइ जानकारी दिएको उनले बताए ।

दुई वर्षअघि लेकसाइडमा खुलेको चारतारे स्तरको दी यात्राले पाएको यस अवार्डले पोखराको पर्यटनलाई माथि उकास्न सघाउ पु¥याउने पर्यटन ब्यवसायीले अपेक्षा गरेका छन् । ‘दी यात्रा कोर्टयार्ड होटल विश्वको पाँचौ भित्र पर्नुले पोखरामा पनि उत्कृष्ट होटलहरु सञ्चालन भएका छन् भन्ने सन्देश प्रवाह भएको व्यवसायीहरुको भनाई छ ।

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्