Logo
११ श्रावण २०८१, शुक्रबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदयपुर र खोटाङलाई जोड्ने सुनकोशीको बेलिब्रिज जडान गरिंदै

उदयपुर । गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङलाई जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ । आगामी पुस महीनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताए ।

५० मिटर लम्बाइ र पाँच मिटर चौडाइको उक्त पुलबाट पुसको पहिलो हप्तामै यातायात सञ्चालन गर्ने निर्माण व्यवसायी कार्कीले जानकारी दिएका छन् । गत जेठ महीनामा सुनकोशी नदीको पानीको बहाव बढेसँगै उक्त बेलिब्रिज खोलिएकामा अहिले नदीमा पानीको बहाव घटेसँगै पुल जडान गर्न थालिएको हो ।

सुनकोशी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण नहुँदा लामो समयदेखि गाईघाट दिक्तेल सडक मार्गमा हिउँदमा बेलिब्रिज जडान गरेर सञ्चालन गरिने र वर्षामा खोलिने भएकाले छ महीनासम्म यातायात बन्द हुने गरेको छ ।

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्